पार्टीभित्र र सत्तामा पुगेपछि पनि निजी स्वार्थ देखिनु हुँदैन : माधव नेपाल

फाईल फाेटाे

Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र र सत्तामा पुगेपछि पनि निजी स्वार्थ देखिनु नहुने बताउनु भएको छ ।
केन्द्रीय कमिटीको बैठकपछि आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘व्यक्तिवादकै कारण पार्टीभित्र कुनै पनि विषयमा छलफल भएन । कुरा समाजवादको गर्ने व्यवहार व्यक्तिवाद भएकै कारण पार्टीको कुनै पनि तहमा कुनै पनि विषयमाथि छलफल भएन । जनताका पीर, मर्का र समस्यालाई नेकपा एमालेले केन्द्रमा राखेन । त्यही कारण अहिले सरकार बाहिर रहनु परेको छ ।’

साथै उहाँले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशको अस्थिर राजनीतिक अवस्थाबाट बजाएको बताउनु भएको छ ।

अध्यक्ष नेपालले यदि पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुन सक्ने अवस्था आइसकेको उहाँको भनाइ छ । यसकारण विद्रोह गरेर देश र नेपाली जनताको लागि ठिक काम गरेको उहाँले दाबी छ ।

कार्यक्रममा उहाँले प्रतिनिधिसधा र प्रदेशसभा निर्वाचनको लागि तयारीमा लाग्न पनि निर्देशन दिनुभयो । आगामी निर्वाचनमा कति स्थानमा उम्मेदवारी दिने भन्ने विषयमा विश्लेषण गर्न उहाँले निर्देशन पनि दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?