प्रहरीमा ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस, एक नम्बरमा वसन्त कुँवर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ ।

प्रहरीका ८ एआईजीमध्ये पाँच एआईजीका पद रिक्त थिए । सोही रिक्त पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।

बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर हुनुहुन्छ भने दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहनुभएको छ ।


एआईजी पूजा सिंहसहित अवकाश पाउने पाँच जना एआईजीले नै ५६ वर्षे उमेर हदका कारण अवकाश पाउनु भएको थियो । अवकाशका कारण साउनदेखि फागुनसम्ममा ५ एआईजी रिक्त भइसकेका थिए ।

भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उहाँहरु एआईजीमा बढुवा हुनुभएको हो । अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । त्यसपछि अहिले एआईजी भएका ५ जनामध्येबाटै आईजीपी छनौट हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?