१५ गते डेरी फुड फेस्टिबल हुने

Read Time = 2 mins

काठमाडौं । असार १५ गते काठमाडौंमा डेरी फुड फेस्टिबल हुने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डसँगको सहकार्यमा डेरी उद्योग संघले आयोजना गर्ने फेस्टिबलमा विभिन्न ब्रान्डका दूध तथा दुग्धजन्य पदार्थका स्टल रहने संघका अध्यक्ष राजकुमार दाहालले जानकारी दिनुभएको छ । मेला दिउँसो २ बजेदेखि ५ बजेसम्म अनमोल ब्यांकेट शंखमूलमा हुनेछ । यसअघि नेपाल डेरी एसोसिएसनले पनि हेटौंडामा डेरी मेला आयोजना गरेको थियो ।

एसोसिएसनका अनुसार कुल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको योगदान नौ प्रतिशत रहेको छ भने पाँच लाख कृषक परिवार आबद्ध छन् । करिब ३५ हजारभन्दा बढी मानिसले उद्योगस्तरमा रोजगारी पाएका छन् । डेरी क्षेत्रबाट वार्षिक एक अर्बभन्दा बढी राजस्व असुली हुने गरेको छ । हाल दूध क्षेत्रबाट दैनिक पाँच करोडभन्दा बढी रकम शहरबाट गाउँमा प्रवाह भइरहेको छ भने दुग्ध क्षेत्रमा ३५ अर्बभन्दा बढी लगानी निजी डेरी उद्योगको मात्र रहेको छ ।

हाल नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेको भए पनि उत्पादित दूध आधा अर्थात ३१ लाख लिटरमात्रै बजारमा आउने र आधा उत्पादनकर्ता किसान आफैंले प्रयोग गरेका छन् । बजारमा आउनेमध्ये १७ प्रतिशत लेबलिङ प्याकेजिङ भएर आउने गरेको छ भने ३३ प्रतिशत खुलारूपमा कारोबार हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?