कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर सुतेपछि तिन जना कर्मचारी निलम्बित

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । प्रदेशमै उत्कृष्ट सेवा दिइएको भनिएको कपिलवस्तु अस्पतालको इमर्जेन्सी बेडमा कुकुर सुतेपछि इमर्जेन्सी फाटका ३ जना कर्मचारी निलम्बन भएका छन् ।

स्वास्थ्यका दृष्टिकोणले अति संवेदनशील मानिने इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिएका हुन्छन् । तर अस्पतालको इमर्जेन्सी बेडमा कुकुर गएर सुतेपछि ड्युटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पताल इमर्जेन्सी फाटका ३ जना कर्मचारी निलम्बनमा परेका हुन्।

इमर्जेन्सी फाटको बेडमा कुकुर सुतेको तस्वीर सामाजिक संजालमा भाईरल भएको थियो । अस्पताल प्रशासनको सोमवार बसेको बैठकले घटनाको छानबिन पछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेब र एक जना कार्यालय सहयोगी निलम्बनमा परेका हुन् ।

उक्त घटनाको छानबिनमा कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको थियो । अस्पतालमा रहेको सिसि टिभी फुटेज चेक गरेपछि उक्त कुरा प्रमाणित भएको थियो । अस्पतालका मेसु बिपिन जैसवालले लापरवाही गर्ने ३ जनालाई निलम्बन गरिएको बताउनुभयाे ।

यसअघि स्वास्थ्य माथिको लापरवाही र गैर जिम्मेवार कर्मचारी प्रशासन माथी छानविन गरी कारवाही गरिने अस्पतालका अध्यक्ष शिवलाल यादवले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?