अर्थतन्त्र जटिल अवस्थामा : गोल्छा

Read Time = 2 mins

सर्लाही । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले नेपालको अर्थतन्त्र यो पुस्ताको जटिल मोडमा पुगेको बताउनुभएको छ । कोरोना र त्यसपछि रुस र युक्रेनबीचको द्वन्द्वका कारण नेपाललगायत धेरै देशको अर्थतन्त्रमा धक्का पुगेको उहाँको भनाइ छ ।

कोरोना नेपालमा प्रवेश गर्नुअघि उकालो लागेको अर्थतन्त्र अहिले ओरालो लाग्न थालेको भन्दै उहाँले योे अहिलेको पुस्ताकै सबैभन्दा जटिल अवस्था हुन सक्ने बताउनुभएको हो । आइतबार उद्योग वाणिज्य संघ लालबन्दीको आठौँ साधारणसभाको उद्घाटन गर्दै गोल्छाले विद्यमान अवस्थाबाट बच्न नेपालले अब पर्यटन व्यवसायमा लगानी बढाउँदै निर्यातका लागि उत्पादन बढाउनुपर्ने बताउनुभयो । पछिल्लो समय नेपालले विद्युत् निर्यात गर्न थालेको र सिमेन्ट पनि निर्यात गर्न सक्ने अवस्थामा रहेकाले सरकार र निजी क्षेत्र दुवै निर्यात प्रवद्र्धनमा लाग्नुपर्ने पनि उहाँले बताउनुभयो ।

कर तिर्नुपर्ने व्यवसायीको दायित्व भएकाले सबै व्यवसायीलाई कर तिर्न आहृवान गरिनु उचित भए पनि अनुगमनपछि दोषी प्रमाणित नभएसम्म दोषीको जस्तो व्यवहार गर्दा व्यवसायी निरुत्साहित हुने उहाँले बताउनुभयो । साधारणसभाकै अवसर पारेर उद्योग वाणिज्य संघ लालबन्दीको भवनको उद्घाटनका साथै भवन निर्माणमा सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मानसमेत गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?