अपन राधेमाई फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अपन राधेमाई युथ क्लब यु-१६ नेक्सस कप टी-२० क्रिकेट सिजन-५ मा आइतबार फाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा राधेमाईले घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्‍यो ।

सुरुमा ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १२९ रन खडा गर्‍यो । राधेमाईका सागिर मियाले ३०, सजित अख्तर हवारीले २८ र सफ्वान अलीले १९ रन बनाउनुभयो । जवाफमा घोडाघोडी १२.४ ओभरमा पूरै विकेट गुमाउँदै मात्र ३९ रनमा खुम्चियो ।

बलिङतर्फ राधेमाईका ‘म्यान अफ द म्याच’ अनिश साह कानुले तीन ओभरमा एक मेडन राख्दै पाँच रन खर्चेर चार विकेट लिनुभयो । राधेमाईकै वसिम अली मन्सुरी र रोहन यादवले दुई-दुई ब्याट्सम्यानलाई पभेलियन फर्काउनुभयो ।

उपाधिका लागि राधेमाईले ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए), ललितपुर र आयोजक नेक्सस क्रिकेट एकेडेमीबीचको विजेतासँग खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?