वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको घोषणा गर्दै हुनुहुन्छ । काठमाडौंमा मंगलबार कार्यक्रम आयोजना गरेर गौतमले औपचारिक रुपमा नयाँ पार्टीको घोषणा गर्न लाग्नुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउनुभएका उहाँले अन्ततः नयाँ राजनीतिक दलबाट सक्रिय हुन खोज्नुभएको छ ।

तत्काललाई ६९ जनाको केन्द्रीय समिति बनाउने गरी गौतमले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम नेकपा (एकता राष्ट्रिय अभियान) हुनेछ । अब हेर्न बाकी छ गौतमको पार्टीलाई जनताले कत्तिको साथ दिनेछन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?