सरकारले अमेरिकालाई एसपीपी लागू नगर्ने पत्र लेखेकै छैनः भीम रावल

फाईल तस्बिर

Read Time = 4 mins

काठमाडौं । नेकपा एमाले सांसद एवं पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलले सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ ।

बिहीवार काडमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद रावलले सरकारले एसपीपी सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न माग गर्नुभएको हो ।
उहाँले सरकारले पठाएको पत्र जनताले थाहा पाउने गरी सार्वजनिक गर्नुपर्ने बताउनु भयो ।

सांसद रावलले सरकारले अमेरिको राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनर सीप प्रोग्राम लागू गर्न खोजेको तर देशव्यापी बिरोधपछि रोकिएको दाबी गर्नुभयो । उहाँले अहिलेको गठबन्धन सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको आरोप पनि लगाउनु भयो ।
सांसद रावलले नेपालको अर्थतन्त्र, कृषि र मुलुकको सुरक्षामा देखिएको बाह्य हस्तक्षेप बढ्दै गए नेपालीहरुले दैनिकी कष्ठकर र पीडादायी हुने बताउनु भयो ।

उहाँले ७ भन्दा बढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म कानमा तेल हालेर बसेको आरोप लगाउनु भयो । सांसद रावलले सरकार र गठबन्धन दलहरु कुन मन्त्री कति महिना बनाउने र फेर्ने भन्नेमा मात्रै केन्द्रित रहेको बताउनु भयो । उहाँले देशको राष्ट्रियतामा असर पर्ने कुराहरु के–के हुँदैछन भन्ने कुरामा प्रधानमन्त्रीसमेत चिन्तित नरहेको आरोप लगाउनु भयो ।

सांसद रावलले सरकारले अमेरिकालाई एसपीपी लागू नगर्ने भनेर पत्र नै नपठाएको आरोप लगाउनु भयो ।

उहाँले सरकारका मन्त्रीहरुले संसदमा जानकारी दिएपनि पत्र भने नपठाएको दाबी गर्नुभयो । सांसद रावलले एसपीपी सम्बन्धमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति र राज्यका नीति सिद्धान्तको अनुगमन सम्बन्ध समितिले समेत दस्तावेज माग गर्दा अहिलेसम्म दस्तावेजहरु सरकारले बुझाएको बताउनु भयो ।

उहाँले नेपालको परराष्ट्र नीतिलाई मिच्ने,मनपरी निर्णय गर्ने,कुटनीतिक रुपमा पत्रचार गर्ने निकायले पत्रचार गर्ने र ठूला शक्तिराष्ट्रहरुका अगाडि झुकेर संविधानको प्रावाधानलाई कार्यान्वयन नगर्ने प्रधानमन्त्रीको चरित्रका कारण परराष्ट्र नीति र कुटनीतिमा गम्भीर विचलन देखा परेको आरोप लगाउनु भयो ।

सांसद रावलले नेपालको कुटनीतिको विचलन हुँदा नेपालको स्वतन्त्रता र भौगोलिक अखण्डताको लागि अत्यन्त खतरनाक हुने दाबी गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?