राष्ट्रिय भलिबलमा पुलिस अपराजित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबलाई पराजित गर्दै नेपाल प्रहरी राजधानीमा जारी बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा अपराजित रहँदै फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा बिहीबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा एपीएफलाई तीन-एकको सेटमा पराजित गर्दै पुलिस अपराजित रहेको हो । पुलिसले एपीएफमाथि २५-१८, १४-२५, २५-१७ र २५-२० को जित रच्यो ।

यससँगै पुलिसले तीन खेलबाट नौ अंक जोड्यो । पुलिससँग हार भोगे पनि एपीएफ राउण्ड रोविन लिगमा दोस्रो हुँदै फाइनलमा पुग्न सफल भयो । एपिएफले तीन खेलबाट ६ अंक जोड्यो । अब शनिबार उपाधिका लागि पुलिस र एपीएफबीच नै प्रतिस्पर्धा हुँदैछ ।

त्यसअघि बिहीबारै आयोजक न्यू डायमण्ड स्पोर्ट्स क्लबले परोपकार आदर्श माध्यमिक विद्यालयलाई २५-२२, २५-१० र २५-१४ को सोझो सेटमा पराजित गरी पहिलो जित दर्ता गर्‍यो । जितपछि डायमन्डल तीन खेलबाट तीन अंक जोडेको छ । परोपकार भने अंकविहीन बन्दै पुछारमा रहृयो । अब डायमण्ड र परोपकारबीच नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश तथा न्यू डायमण्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा आयोजक न्यू डायमण्डसँगै पुलिस, एपीएफ र परोपकारको सहभागिता छ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । दोस्रो हुनेले दुई लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । तेस्रो हुनेले एक लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले ७५ हजार रुपैया र प्रमाणपत्र गर्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । अन्य विधागत उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमण्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?