सेयर बजार बढ्यो

Read Time = 3 mins

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ५७.६१ अंकले बढेको छ । यस दिन दुई अर्ब ४८ करोड चार लाख ७३ हजार नौ सय ९८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल दुई सय ३१ कम्पनीका ६२ लाख २७ हजार छ सय ९२ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । नेप्सेसँगै ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि १०.२२ अंकले बढेर ३९८.८४ अंकमा पुगेको छ ।

विभिन्न नौ कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ । साल्ट ट्रेडिङ, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, साञ्जेन जलविद्युत्, नेष्डो समृद्ध लघुवित्त, सिवाइसी लघुवित्त, रसुवागढी हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत् कम्पनी र कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको हो ।

तर, बिओके डिबेञ्चरको मूल्य सर्वाधिक ९.३१ प्रतिशतले घटेको छ भने ङादी ग्रुप पावरको मूल्य ३.२३ प्रतिशत र प्रभु सेलेक्ट फन्डको सेयरमूल्य ३.१८ प्रतिशत, नबिल ब्यालेस्ड फन्ड ३ को इकाई २.५५ प्रतिशत र सिटिजन्स म्युचुअल फन्डको इकाई मूल्य २.१९ प्रतिशतले घटेको छ । ङादी ग्रुप पावरको सर्वाधिक २२ करोड २८ लाख ६९ हजारको कारोबार भएको छ ।

त्यस्तै हिमालयन डिस्टिलरी ८.८१ करोड, शिवम् सिमेन्ट्स ६.९७ करोड, एनआइसी एसिया बैंक छ करोड ८९ लाख र नेपाल पुनर्बिमा कम्पनीको ६.२६ करोडको सेयर कारोबार भएको छ । व्यापार समूहगत सूचक सर्वाधिक ९.३० प्रतिशतले बढेको छ भने जलविद्युत् ५.६३, उत्पादन तथा प्रशोधनमूलक ४.९० प्रतिशत, अन्य ४.७५ प्रतिशत र फाइनान्समा ४.२१ प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?