फोनपे डाइरेक्टमार्फत् पैसा अभियान

Read Time = 2 mins

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले डिजिटल बैंकिङबारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘फोनपे डाइरेक्टमार्फत् पैसा पठाऊँ, ठाउँको ठाऊँ’ अभियान सुरु गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै आएको फोनपेमार्फत् रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै अन्तर-बैंक कारोबारमार्फत् रकम पठाउन सकिने फोनपेले जनाएको छ ।

कम्पनीका अनुसार फोनपे डाइरेक्ट फोनपेको डिजिटल कारोबारको इकोसिस्टमअन्तर्गतको अर्को नवीन सेवा हो । जहाँ मोबाइल बैंकिङ एपमार्फत् सहज एवं सुरक्षितरूपमा मोबाइल बैंकिङ एपमार्फत् रकम भुक्तानी एवं रकम प्राप्त गर्न सकिन्छ ।

पैसा पठाउन पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ एप लगइन गर्नुपर्छ । पैसा पठाऊँ, ठाउँको ठाउँ नामक अभियानले बृहत् फिनटेक नेटवर्कमार्फत् रकम स्थानान्तरणलाई सहज एवं सुव्यवस्थित गर्न सक्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार फोनपे नेटवर्कमा ६० बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक आबद्ध छन् भने हालसम्म आठ लाखभन्दा बढी मर्चेन्ट रहेका छन् । त्यस्तै एक करोड ५० लाखभन्दा धेरै मोबाइल बंैकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एसमार्फत् फोनपेले सेवा प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?