गण्डकी सरकारलाई पूर्व अर्थमन्त्रीको प्रश्न–दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउन मात्रै सरकारमा जानु भएको हो ?

Read Time = 7 mins

पोखरा । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले मन्त्रीहरू दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउनका लागि मात्रै सरकारमा गएको आरोप लगाउनु भएको छ। बजेटमाथि समयमा छलफल अगाडि बढाउन नसकेको भन्दै उहाँले सरकारले आफ्नो हैसियत बिर्सिएको बताउनु यभो । प्रस्तुत छ गुरुङले सोमबार संसदमा प्रस्तुत गरेको वक्तव्य :

बजेटमाथि छलफल कहिले हुन्छ भनेर हामी कुरिरह्यौं । सरकार कहाँ छ ? के छ ? मलाई थाहा छैन । बजेटमा मैले प्रतिपक्षीको हिसाबले प्रतिक्रिया दिन सकिनँ । पाँच दिनपछि बैठक राख्न सहमति दिएका थियौं । २० दिन सरकार भूमिगत भयो । माओवादीलाई थाहा छ, भूमिगत किन हुन्छ ? कांग्रेसको नीति भूमिगत हुने थिएन । हामीले खोजिरह्यौं । संचार माध्यममा धेरै कुराहरू आएका छन् । सार्वभौम संसदलाई बन्दी बनाइयो । सभामुख सरकारको बन्दी हुनुभयो । २० दिनपछि हामी छलफलमा छौं।

अर्थमन्त्री ज्यू तपाईं अर्थमन्त्री कि अनर्थमन्त्री ? २० दिनसम्म संसदलाई बन्दी बनाउन पाइन्छ ? मुख्यमन्त्री ज्यू, २० दिनसम्म भूमिगत हुँदा बर्खायाम छ, कहिँ खिया त लागेको छैन ? अहिलेको मुख्य प्रश्न मुख्यमन्त्री ज्यूलाई मुख्यमन्त्री हुँ भन्ने विश्वास छ की छैन ? मिडियाले लेखेको छ । तपाईं निरिह हुनुभएको छ । के यस्तै हो ? साँच्चै हो ? कि के हो ? मलाई लाग्छ, यो सार्वभौम संसदले जवाफ पाउनुपर्छ । के का स्वार्थका निम्ति २० दिनसम्म संसद रोक्नुभयो रु जिम्मेवार हुनुहुन्छ कि हुनुहुन्न ? संविधानप्रति आस्था राख्नुहुन्छ की राख्नुहुन्न ? प्रदेशसभाप्रति विश्वास छ की छैन ? सरकारप्रति विश्वास छ की छैन ? दौरा सुरुवाल लगाउन र झण्डा हल्लाउनका निम्ति मात्रै सरकारमा जानुभएको हो ? की प्रदेशलाई समृद्ध बनाउँछु भनेर सरकारमा जानू भएको होइन ?

माओवादीका मित्रहरूलाई अनुरोध गर्न चाहान्छु, हिजो तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको रिसले यो गठबन्धन बनाउनुभयो । साँच्चिकै कांग्रेसलाई बोक्न सजिलो रहेछ की अप्ठयारो रु कांग्रेसलाई बोक्न निकै अप्ठयारो छ । न सिद्धान्त छ न विचार छ । न लक्ष्य र उद्देश्य मिल्छ । झण्डै भिरमा लगेर तपाईंहरूले गुल्ट्याउनु भएन । गुल्ट्याउने साहस पनि तपाईंहरूसँग छैन ।

माननीय मुख्यमन्त्री ज्यूलाई प्रश्न गर्न चाहान्छु, साँच्चिकै माओवादीसँग मिलेर सजिलो रहेछ रु यसरी नै सरकार चल्छ रु सबैले खोजिदिनुपर्ने सरकार कहाँ छ भनेर ? मिडियालाई पनि प्रतिपक्षीले जवाफ दिनुपर्ने । अनि तपाईंहरू के गरेर बस्नुभएको छ रु दौरा सुरुवाल लगाएर बस्नु भएको छ वा के गर्नुभएको छ ? यो गम्भीर प्रश्न हो । तपाईंहरूलाई विश्वास भएन । हुन त सरकारमा पुग्छु भन्ने विश्वास थिएन, सरकार पाउनुभयो । सरकार पाएपछि काम गर्छु भन्ने विश्वास जगाउनुपथ्र्यो । त्यो पनि जगाउनुभएन । हिजो कसरी आपसमा बाझ्नुभयो ? आज कसरी मिल्नुभयो ?

५ वैशाखमा छलफल हुनुपर्ने बजेट २० दिनसम्म रातो किताब सिरानी हालेर सुत्दिनुभयो । मैले अघि भनेको थिएँ, दिउँसै सपना देख्नुभएको रहेछ भनेर । माननीय ज्यूले प्रतिरक्षा गर्नुभयो । संघमा प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसै निदाइदिनुहुन्छ । दिउँसै सपना देख्नका लागि बजेट किताब सिरानी हालेर सुत्नुभएको हो ? हैन भने के का लागि ? विडम्बना यो भन्दा ठूलो के हुन्छ ? लाजको पसारो के हुन्छ ? तपाईंहरूलाई लाज लाग्दैन ? सरकारलाई लाज लाग्दैन ? अर्थमन्त्री, मुख्यमन्त्री र अरु मन्त्रीहरूलाई लाज लाग्दैन रु यस्तो पनि हुन्छ ?

बजेटको के कुरा गर्ने ? प्राथमिकताका आधारमा नीति र कार्यक्रम आयो, त्यसकै आधारमा बजेट आयो भन्नुभएको छ । गहन सुझाव लिनुस् । प्राथमिकता के हो रु तपाईंहरूको प्राथमिकतामा कुनै प्राथमिकता छ ? सरकारको औकात के हो ? तपाईंहरूले ख्याल गर्नुभएको छ ? ७० भन्दा बढी अभियानका कार्यक्रम छन् । सबैलाई बजेटले समेट्न सक्छ ? बजेट वक्तव्य हेर्दा रातो किताबसँग कुनै साइनो नै छैन । बजेट भाषण रातो किताबसँग सम्बन्धित हुनुपर्छ । भौतिक पुर्वाधारका लागि १० अर्ब छुट्याएको छ, त्यसबाहेक कतै रकम उल्लेख छैन ।

न आवधिक योजनासँग, न मध्यमकालीन खर्च संरचनासँग मिलेको छ । त्यसैले बजेटमा हाम्रो विरोध छ । सवारी कर बढाएको भन्ने छ । जसले कर तिरेको छ, फेरी उसैलाई कर थप्ने ? की यता पनि केन्द्रमा जस्तै कुनै सुब्बाहरूको चलखेल छ ? नयाँ दायरा खोज्नु पर्दैन ? यसरी सरकार र संसद अगाडि बढ्न सक्दैन । गम्भीर होऔं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने