बहुमूल्य वनस्पति अगरउडको परीक्षण सफल

Read Time = 4 mins

काठमाडौं । नेपालमा पनि अगरउड इनाकुलेसनको परीक्षण सफल भएको छ । कल्पवृक्ष एकेडेमीका अध्यक्ष डा. प्रल्हाद कार्कीले बहुमूल्य वृक्ष अगरउडको सफल परीक्षण भएको जानकारी दिनुभएको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेनलमा जेड ब्ल्याक डाइमन्ड अगरउड एलएलसी इन्डियाका एडभाइजर कन्सल्टेन्ट सदिकुर रहमानले अगरउडबारे प्रस्तुतीकरण दिनुभएको थियो भने जेड ब्ल्याक डाइमन्डका एमडी तान्जिद अलीले पनि अगरउडको बजारबारेमा जानकारी दिनुभएको थियो ।

गुल्मीका अगरउड किसान दिलिप भण्डारीले उत्पादन प्रक्रिया र बजार अवस्थाबारेमा जानकारी दिनुभएको थियो । कल्पवृक्ष एकेडेमीका अध्यक्ष डा. कार्कीले नवलपुरको कावासोतीमा दुई महिनाअघि अगरउडको रुखमा इनाकुलेसन गरिएको र त्यसले रेजिन उत्पादन गर्न थालेको जानकारी दिनुभयो । सो हेर्न भारतीय कम्पनी जेड ब्ल्याकको टिम आएको थियो ।

कावासोतीमा गरिएको इनाकुलेसनले उत्पादन दिन थालेकाले आफूहरू उत्साहित भएको उहाँले बताउनुभयो । जेड ब्ल्याक डायमन्डका अध्यक्ष सदिकुर रहमानले आफ्नो कम्पनीले औषधि उत्पादन, इनाकुलेसन, बजारीकरण र प्रशोधनसम्मको काम गरिरहेको जानकारी दिनुभयो । एउटा रुखलाई इन्जेक्सन विधिबाट इनाकुलेसन गर्न छ देखि १२ हजार भारतीय रुपैयाँ खर्च लाग्ने र त्यसबाट दुईदेखि आठ केजी अगर उत्पादन हुने उहाँले बताउनुभयो । अगरको बजारमूल्य हाल प्रतिकेजी २० हजारदेखि एक लाखसम्म रहेको पनि उहाँले बताउनुभयो । अगरलाई ३६ महिनादेखि सात वर्षभित्रमा हार्भेस्ट गर्न सकिने पनि उहाँको दाबी छ ।

जेड ब्ल्याकका एमडी तान्जित अलीले अगरउडको बजार समस्या नभएको बताउनुभयो । चीन र अन्य देशबाट आफूलाई पनि हजारौं केजीको माग आए पनि दिन नसकेको उहाँले बताउनुभयो । अगर उत्पादन हुन समय लाग्ने भएकाले हाल बजार मागअनुसार दिन नसकेको उहाँको भनाइ थियो । नेपालमा उत्पादन हुने अगर खरिदका लागि आफूहरूले अहिले नै लगानी गरिरहेको पनि उहाँले बताउनुभयो ।

बिर्ता एग्रोका व्यवस्थापक प्रज्वल कार्कीले अगरउडको इनाकुलेसन कम्पनीले नै गरिदिने भएकाले किसानको एक रुपैयाँ पनि खर्च नलाग्ने दाबी गर्नुभयो । कम्पनीले किसानसँग सम्झौता गरेरै इनाकुलेसन, औषधि, कटिङ र खरिदको सम्पूर्ण जिम्मा लिने उहाँले बताउनुभयो । नेपालका जुनसुकै ठाउँमा भएका अगरका रुखलाई इनाकुलेसन गर्न आफूहरू तयार रहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?