श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान: कांग्रेस नेता प्रदीप पौडेल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा सोमबार नेपाल टेलिकम वर्कर्स युनियन बागमती प्रदेशले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा युनियनको भूमिका विषयक विचार गोष्ठी’मा उहाँले गिरिजाबाबु श्रमिकनेता भएको बताउनु भयो ।

उहाँले संस्थालाई मजबुद बनाउन सकेमात्र कर्मचारीको हकहितमा उभिन सहज हुने बताउनुभयो । आजको प्रतिस्पर्धात्मक बजारमा युनियनको महत्पपूर्ण भूमिका रहेको उहाँको भनाइ छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले नेपाल टेलिकमभित्र आबद्ध कर्मचारीको हक-अधिकार रक्षाका लागि नेपाल टेलिकम वर्कर्स युनियनले सराहनीय काम गर्दै आएको बताउनुभयो । युनियनले व्यवस्थापन र कर्मचारीबीच सेतुको भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेश समितिका अध्यक्ष अच्युत ओझा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँका पूर्वअध्यक्ष गणेश भट्टराईलगायतले नेपाल टेलिकमभित्रको समस्या समाधानका लागि व्यवस्थापन र कर्मचारी युनियन सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?