प्रचण्डलाई पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार

Read Time = 2 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा महासचिवसहित पार्टीका सबै पदाधिकारीको नाम प्रस्ताव गर्ने गरी सहमति भएको छ ।

आज प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्षलाई दिइएको पूर्व स्थायी समिति सदस्य गणेश साहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयाे, ‘पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउने सबै अधिकार अध्यक्षलाई दिएका छौँ । उहाँले सबै पदमा नाम प्रस्ताव गर्नुहुने छ ।’

माओवादी विधानमा अध्यक्ष सहित १५ जना पदाधिकारी हुने व्यवस्था गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष एक जना, एक जना महासचिव र एक कोषाध्यक्ष हुने छन् । अरू उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा ११ जना समेटिने भएका छन् ।

माओवादीको महासचिवका लागि मुख्यगरी जनार्दन शर्मा र वर्षमान पुनको दाबेदारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?