प्रदेश सरकारको आफ्नै स्थायी भौतिक संरचना बनाउने प्रतिवेदन तयार

Read Time = 2 mins

-पुरन साह

जनकपुरधाम । मधेश प्रदेश सरकारको स्थानी भौतिक संरचना बनाउन जग्गा छनोट, प्राप्ति तथा पूर्वाधार तयार पार्न निर्माणका लागि गठित अध्ययन समितिले प्रतिवेदन बुझाएको छ । अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई आज बिहान प्रतिवेदन बुझाएको हो ।

जनकपुरधामलाई मधेश प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि सरकारको मुख्य प्रशासनिक भवन, आवासलगायत अन्य भौतिक संरचना बनाउन आवश्यक जग्गा छनोट तथा प्राप्तिका लागि त्यहाँका भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवको संयोजकत्वमा गठित समितिले सरोकारवालाहरुसँग छलफलपछि प्रतिवेदन तयार पारेको थियो ।

समितिले राजधानीको मूल संरचनाका लागि जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरलाई नै मुख्य प्राथमिकतामा राखेर राजधानीभित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्थ जग्गालाई समेटेर प्रतिवेदन तयार पारिएको समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री यादवले बताउनु भयो ।

उहाँले जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरलाई प्रशासनिक केन्द्र ,चरण विकासको जग्गा तथा हाल प्रदेशसभा भवन रहेको क्षेत्रको जग्गामा अन्य संरचना निर्माणका लागि सिफारिस गरिएको बताउनु भयो । प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्रिपरिषदको बैठकबाट स्वीकृति प्रदान गरेर साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने जानकारी दिनुभयो ।

प्रतिवेदनमा हाल मधेश सरकारको अस्थायी प्रशासनिक भवन तथा आवास रहेको जनकपुर चुरोट कारखाना लिमिटेडको परिसर मधेश भवनलाई नै उच्च प्राथमिकतामा राखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?