यस्तो छ आजको फलफूल तथा तरकारीको मुल्य

Read Time = 3 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको बजार भाउ तोकेको छ ।

आज बुधबार हरियो अंगुरको औसत मूल्य प्रतिकेजी २९० रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप १५५ रुपैयाँ, मालदह आँप १४५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, रातो आलु ५४ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ४२ रुपैयाँ ५० पैसा, इमली १५० रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल काक्रो ११० रुपैयाँ, हाइब्रीड काक्रो ६५ रुपैयाँ, कागती १६० रुपैयाँ, किवि ५२५ रुपैयाँ र कुरीलो २७५ रुपैयाँ रहेको छ ।

त्यस्तै, हरियो अकबरे खुर्सानी प्रतिकेजी १३५ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, गान्टे मूला ७५ रुपैयाँ, ठूलो नेपाली गोलभेडा ८५ रुपैयाँ, भारतीय ठूलो गोलभेडा ९५ रुपैयाँ, टनेल गोलभेडा ६२ रुपैयाँ ५० पैसा, घिउ सिमी राजमा १३५ रुपैयाँ, लोकल सिमी ५५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ, चिचिण्डो १७ रुपैयाँ ५० पैसा, चुकुन्दर ७५ रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, जुनार २१० रुपैयाँ, झिगूनी ४७ रुपैयाँ ५० पैसा, हरियो तरबुजा १३५ रुपैयाँ, छडी माछा २४० रुपैयाँ, रहु माछा ३१० रुपैयाँ, मुंगरी माछा २८० रुपैयाँ, तामा १३५ रुपैयाँ, तितो करेला ४५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, बन्दा, परवर, पिंडालू, न्यूरो र तोरीको साग ५५ रुपैयाँ रहेको छ ।

यसैगरी सुकेको भारतीय प्याज ३९ रुपैयाँ, हरियो प्याज २७५ रुपैयाँ, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, तने बोडी ३५ रुपैयाँ, ब्रोकाउली १३५ रुपैयाँ, भटमासकोशा १९० रुपैयाँ, भिण्डी, भन्टा डल्लो ३५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १७५ रुपैयाँ, भेडे खुर्सानी १०० रुपैयाँ, मकै बोडी ६५ रुपैयाँ, लोकल सेतो मूला ३५ रुपैयाँ, भारतीय मेवा १३५ रुपैयाँ, रायोको साग ९५ रुपैयाँ, रुख कटहर ३५ रुपैयाँ, लसुन सुकेको चाइनिज १५० रुपैयाँ, लसुन सुकेको नेपाली ११५ रुपैयाँ, लौका ४५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, फूजी स्याउ २८० रुपैयाँ र हरियो धनिया ६० रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?