अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्ने

Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीको जिम्मेवारी आफैँले लिनुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त भएको अर्थ मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले आफैँसँग राखेर कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अनाधिकृत व्यक्तिलाई संलग्न गराएर शर्माले करका दर हेरफेर गराएको भन्दै विवाद बढेपछि छानबिन गर्न बुधबार संसदीय समिति बनेको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?