एनसेलको पहलमा रिङरोड ग्रिन बेल्ट उद्घाटन

Read Time = 4 mins

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रिन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रिन बेल्टको उद्घाटन गरिएको छ । एनसेलले वन तथा भू-संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको हो ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्तरूपमा मंगलबार ग्रिन बेल्ट उद्घाटन गर्नुभएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परियोजना हरियाली विकासको एक उदाहरणीय काम बनेको छ र रिङरोड सडक खण्डमा सफा र हरियालीलाई प्रवद्र्धन गरेको छ । कार्यक्रमअन्तर्गत कम्पनीले ल्यान्डस्केपिङसहित हरियाली निर्माण र संरक्षणबाहेक कोटेश्वरदेखि कलंकी सडक खण्डमा वृक्षारोपणमा पनि योगदान पुर्‍याएको छ । समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणले योगदान पु¥याउने भएकाले एनसेलले सन् २०२४ सम्म उक्त ग्रिन बेल्टको संरक्षण गर्नेछ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले भन्नुभयो, ‘दिगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरणसम्बन्धी लक्ष्य र हाम्रो आजियाटा समूहको नेट जिरो कार्बनको आकांक्षाअनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा हामी खुसी छौं । हामी वन तथा भू-संरक्षण विभाग, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, सम्बन्धित वडा र अन्य सरोकारवालाप्रति आभारी छौँ ।’

विभागका महानिर्देशक डा. राजेन्द्र केसीले भन्नुभयो, ‘यस क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने हाम्रो प्रतिबद्धता रहेको थियो । केही प्रतिस्थापन गरेर शतप्रतिशत बोटबिरुवा जीवित राख्न सक्नु ठूलो उपलब्धि हो । रिङरोडको ग्रिन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवद्र्धन र सौन्दर्यीकरणमा निजी र सार्वजनिक सहकार्यको उत्तम उदाहरण प्रस्तुत गरेकोमा हामी एनसेललाई धन्यवाद दिन चाहन्छौँ ।’ ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भन्नुभयो, ‘हामीले सम्पन्न गरेका सुन्दर परियोजनामध्ये यो एउटा हो, त्यसैले म ललितपुर महानगरपालिकातर्फबाट एनसेललाई धन्यवाद दिन चाहन्छु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?