अवैध लागूऔषधसहित तीन जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । झापा र मोरङबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको झापा गाउँपालिका-३ झाटीस्थित खाली घरबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र १ थान डिजिटल तराजु सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ रुईमारी बस्ने २२ वर्षीय फरमान अली र सोही गाउँपालिका-४ बस्ने ३२ वर्षीय मनोज गणेश रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा, इलाका प्रहरी कार्यालय कुमारखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

साथै उनीहरूले प्रयोग गरेको प्र-१-०१-९१३ प ८३४० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका-१० बस्ने ३२ वर्षीय केशव तामाङलाई करिब १ किलो १२० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?