नागरिकता वितरणको बाधा हटाउन विधेयक फिर्ता, अर्को विधेयक आजै तयार हुन्छ : गृहमन्त्री

Read Time = 1 min

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक वितरणमा देखिएको बाधा हटाउन ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५' लाई फिर्ता लिन खोजेको प्रष्टीकरण दिनुभएको छ ।

प्रतिनिधिसभामा गृहमन्त्री खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५' लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।

उक्त प्रस्तावमाथि उठेका प्रश्न र विरोधको प्रस्तावमाथि जवाफ दिँदै उहाँले नागरिकता वितरणमा देखिएको बाधा हटाउन फिर्ता लिनुपरेको बताउनु भएको हो ।

साथै आजै बस्ने मन्त्रिपरिषद् बैठकले अर्को नागरिकता विधेयक ल्याउने जानकारी दिँदै उहाँले सरकार कोही पनि नागरिक नागरिकताबाट बन्चित हुन नपरोस् भन्नेमा सचेत रहेको बताउनु भयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?