देश श्रीलंकाको बाटोतर्फ गईरहेको छ भन्ने भनाइमा सत्यता छैन : सञ्चारमन्त्री कार्की

Read Time = 2 mins

इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र संकटमा फसेको श्रीलंकाको बाटोतर्फ गईरहेको छ भन्ने भनाईमा कुनै सत्यता नरहेको बताउनु भएको छ ।

नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र श्रीलंकाको बाटोमा गईरहेको छ भनेर भ्रममा पार्ने कोशिस भईरहेको उल्लेख गर्दै त्यसबाट मुक्त हुन पनि सबैलाई आग्रह गर्नु भयो ।

शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको अर्थतन्त्रलाई श्रीलंकाको बाटोमा जान नदिन सरकार सचेत रहेको पनि पटकपटक दोहो¥याउनु भयो । मन्त्री कार्कीले सबैले एकतावद्ध ढंगले प्रयास गरे मुलुकको अर्थतन्त्रलाई छिट्टै सवल बनाउन सकिने दावी समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘नेपाल अर्थतन्त्र श्रीलंकाको बाटोमा गईराखेको छ भनेर एउटा सुनियोजित हल्ला चलाइएको छ । त्यो हल्लामा कुनै सत्यता छैन । मुलुकको अर्थतन्त्र श्रीलंकाको तर्फ जाँदैछ भन्ने कुराको भ्रममा नपर्नका निमित्त म सबैलाई आग्रह गर्न चाहन्छु ।’

कार्कीले मुलुकको अर्थतन्त्रमा चुनौतिहरु भने रहेको बताउँदै ती चुनौतिहरुलाई सामना गर्नुपर्ने बताउनु भयो ।

मन्त्री कार्कीले सबै नेपाली नागरिकले नागरिकता पाउने गरी सरकारले नागरिकता सम्बन्धि नयाँ विधेयक ल्याउनु परेको पनि स्पष्ट पार्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?