प्रधानमन्त्री देउवा र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

Read Time = 2 mins

काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीआई) का विदेश विभाग प्रमुख लिउ जियानचाओ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।

आइतबार बिहान आठ सदस्यीय प्रतिनिधिमण्डका नेतृत्व गर्दै उहाँ काठमाडौं आइपुग्नुभएको हो । काठमाडौं आइपुगेसँगै सो टोलीले प्रधानमन्त्री देउवासँँग शिष्टाचार भेटवार्ता गरेको हो ।

नेपाल बसाइका क्रममा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उहाँले बिहीबार बेलुकी पराष्ट्रमन्त्री खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति र अन्य नेताहरुसँग उहाँले सोमबार भेटवार्ता गर्ने कार्यक्रम छ ।

केहीदिन अघि लिउले ओली र प्रचण्डसँग भिडियोमार्फत कुराकानी गनुृभएको थियो । केहीदिन अघि उहाँले परराष्ट्रमन्त्री डा खड्कासँग पनि भिडियो सम्वाद गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?