स्वार्थी राजनीतिको बाटोले नेपाललाई ढिलो चाँडो श्रीलंकाको अवस्थामा पुर्‍याउँछ : नारायणकाजी श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले ढिलो वा चाँडो नेपाल पनि श्रीलंकाको अवस्थामा पुग्ने दाबी गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै श्रेष्ठले आज यस्तो बताउनु भएको हो । नेपाल अहिले श्रीलंकाको अवस्थामा पुगी नसकेको भए पनि निष्ठा, विचार र स्वार्थी राजनीतिको बाटोले ढिलो चाँडो श्रीलंकाको अवस्थामा पुर्‍याउने उहाँले बताउनु भएको छ ।

सचेत रहँदै समयमै यथास्थिति तोड्न हस्तक्षेप गर्न आग्रह गर्दै उहाँले सबैले सचेत हुनुपर्ने र समयमै सामूहिक एव संगठित पहल गर्नुपर्ने बताउनु भएको छ ।

उहाँले लेख्नुभएको छ:-

हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं।यो सहि नै हो।तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा,बिचार -सिध्दान्त एवं मुल्यविहीन भ्रष्ट- स्वार्थी राजनीतिको बोलवाला, कुशासन ,भ्रष्टाचार, अपारदर्शिता,आसेपासे एवं दलालिकृत सत्ता,समस्या समाधान प्रतिको गैर जिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो,एउटा वा अर्को रुपमा पुर्याउने त्यतै हो ।सचेत होऔं र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामुहिक एवं संगठित प्रयत्न गरौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?