प्रतिनिधि सभा बैठक बस्दै, (सम्भावित कार्यसूचीसहित)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सोमबार प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजेका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ।

११औँ अधिवेशनको ३७औँ बैठक बस्न लागेको हो। सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने सम्भावित कार्यसूची रहेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रिय सभामा उत्पति भएको रेल्वे विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव गर्ने, रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्ताव गर्ने, राष्ट्रिय सभामा उत्पति भएको रेल्वे विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताउनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पति भएको औषधि, (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, औषधि, (तेस्रो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्ताव गर्ने, राष्ट्रिय सभामा उत्पति भएको औषधि, (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, राष्ट्रिय सभामा उत्पति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, राष्ट्रिय सभामा उत्पति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?