-विजय रावत
जुम्ला ।जुम्लाका किसान पछिल्लो समयमा खरायोको टोपीबाट मनग्ये आम्दानी गरेकाछन् । यहाँको चन्दननाथ नगरपालिका – ८ को रोकायाबाडा गाउँ खरायो पालनका लागि प्रख्यात मानिन्छ । यहाँका किसानले खरायोको ऊनबाट टोपी उत्पादन गरेर विक्रि वितरण गर्छन् । उक्त टोपी रोकायाबाडाको पहिचान बनेको छ । सो गाउँलाई खरायोको गाउँ भनेर पनि चिन्छन् ।
हरेक घरमा खरायो पालिएको छ । खरायोको उनबाट टोपी बुन्ने काम पनि हुने गरेको छ । सो गाउँका ३७ वर्षीय विष्णु रोकायाले खरायो पाल्न थालेको २७ वर्ष बित्यो । अहिले ६० वटा खरायो पालेका छन् । बजार लगेर ३ हजार रुपैयाँमा बिक्रि हुने गरेको छ । रोकाया गाउँमै एक नमुना खरायो पालक किसान हुन । विष्णुको आम्दानीको स्रोत नै खरायोको टोपी हो । एक महिनामा ८ वटा टोपी तयार हुने गरेको छ । यसबाट महिनामा न्यूनतम २५ हजार रुपैयाँ आम्दानी हुने गरेको खरायो पालक किसान रोकायाले बताउनुभयो ।
गाउँमा हुने शुभ कार्यदेखि सदरमुकाम खलङ्गामा हुने बिदाइ तथा सम्मान कार्यक्रममा खरायोको टोपीको प्रयोग भइरहेको छ । अतिथिका रुपमा जुम्ला पुग्ने सेनाका उच्च अधिकारीदेखि सरकारी कर्मचारीदेखी ठुला व्यापारीलाई खरायोको टोपीले स्वागत गरिन्छ । जिल्लामा बुनेको खरायोको टोपी देशका उच्च तहका राजनितिक दलका नेताहरुले समेत लगाएको यहाँका खरायो पालक किसान बताउँछन् । प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ । टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । खरायो पालनमा लागेपछि किसानको प्रगति भइरहेको छ । खरायोको टोपी बेचेर पाँच लाख रुपैयाँ बचत गरेको किसान विष्णु रोकायाले जानकारी दिनुभयो । खरायोको टोपी बेचेर १५ लाख रुपैयाँ कमाएको चन्दननाथ बहुउद्देश्यीय सहकारीले जनाएको छ ।
किसानबाट ३ हजारमा टोपी किनेर ३ हजार ५ सयमा बेच्ने गरिएको सहकारीका कार्यकारी प्रबन्धक ऋषिराम पाण्डेले भन्नुभयो,“ टोपीको माग सबैतिर छ, माग अनुसार पठाउन सकिएको छैन । खरायोको टोपी जुम्ली किसानको पहिचान बनिसकेको छ । सबैभन्दा बढी काठमाडौं, भैरहवा र नेपालगन्जमा खरायोको टोपीको माग छ । विदेशी पर्यटकले पनि यो टोपी लैजाने गरेको सहकारीका कार्यकारी प्रबन्धक पाण्डेले जानकारी दिनुभयो । ”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच