बाबुरामको बैठकमा महेन्द्र राय, उपेन्द्रको बैठकमा अशोक राईदेखि राजेन्द्र श्रेष्ठसम्म

Read Time = 1 min

काठमाडौं । विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को काठमाडौं र वीरगञ्जमा जारी बैठकमार्फत नेताहरूले आ–आफनो कित्ताकाट गरेका छन् ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा बोलाएको केन्द्रीय समिति बैठक र अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमार्फत आ–आफनो कित्ताकाट गरेका हुन् ।

भट्टराईले बोलाएको बैठकमा हिसिला यमी, महेन्द्र राय यादव र रामनरेश यादव उपस्थित हुनुहुन्छ भने यादवले बोलाएको बैठकमा अशोक राई, राजेन्द्र श्रेष्ठ, लालबाबु राय यादव, मृगेन्द्रकुमार सिंहलगायत बहुमत केन्द्रीय कार्यसमितिका सदस्य उपस्थीत छन् । दुबैको बैठक जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?