मुगुमा फस्टाउँदै चौँरीपालन

हिमालय टाइम्स
Read Time = 2 mins

मुगु मुगुको पूर्वी भेगको मुगुमकार्मारोङ गाउँपालिकामा पछिल्लो समय चौँरीपालन फस्टाउन थालेको छ । केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेको चौँरी पालनमा अहिले भने स्थानीयले रुचि देखाउन थालेका छन् ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयअन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पशु अस्पताल तथा पशुसेवा कार्यालय मुगुको आर्थिक सहयोग पाएपछि चौँरीपालन फस्टाउँदै गएको हो ।

मुगमकामारोङ गाँउपालिका-५ दाउरागाँउमा ‘एक निर्वाचन क्षेत्र, एक पकेट क्षेत्र’ कार्यक्रमअन्तर्गत हिमाली रिसर्च स्टोर फर एग्रिकल्चर एण्ड हब्स प्राइभेट लिमिटेडले चौरी पालन व्यवसाय सञ्चालमा सहयोग गरिरहेको छ । चौँरी पालनबाट स्थानीयको आयआर्जन मात्रै बढेको छैन्, दूध, उन, मासु, छुर्पी उत्पादन लगायतमा समेत सहयोग पुगेको छ । चौँरीपालन फर्म जिल्ला पशु सेवा कार्यालयबाट ५० प्रतिशत र ५० प्रतिशत निजी लगानीमा तीन वर्षअघि सञ्चालनमा आएको हो ।

अहिले यस फर्ममा ४३ वटा चौँरी छन् । चौरी फर्म सञ्चालक गुरु स्याङ्या लामाका अनुसार नौ महिना हिमालको हावापानीमा पालिन्छ भने बाँकी तीन महिना बेँसीतिर पाल्ने गरिन्छ । बेँसीमा भने चौँरीलाई औंल लाग्ने उहाँले बताउनुभयो । लेकमा पाल्दा पनि दाना, घाँस, नुनलगायतको समस्या हुने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?