रौतहट । रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।
मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गर्नुभएको हो ।
इशनाथ नगरपालिकाको सीमा क्षेत्र पूर्वमा जोकहा खोला, पश्चिममा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखापस्थित एपीएफको बोर्डर आउटपोस्ट र दक्षिणमा जयनगर प्रहरी चौकी रहेको क्षेत्रमा कर्फ्यु लगाइएको हो ।
इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।
ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिवार दुई पक्षबीच झडप भएको थियो । एक समुदायका मानिसको ढुंगा प्रहारबाट अर्को समुदायका मानिस घाइते भएका छन् ।
अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
घिउरा गाउँका स्थानीयले सरस्वतीको पुजा गरेर शुक्रवार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेपछि डीजे बाजा बजाएको भन्दै अर्को पक्षले अवरोध सिर्जना गरेको थियो । त्यसपछि मूर्ति सेलाउन जानेहरू बाटोमै मूर्ति राखेर बसेपछि झडपको अवस्था सिर्जना भएको थियो । पछि प्रहरी र स्थानीयको पहलले सहमति भएपछि स्थिति समान्य भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच