तरकारी खेतीबाट मनग्ये आम्दानी गर्दै द्वन्द्वपीडितहरु

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

बाँके । बाँके र बर्दियाका सशस्त्र द्वन्द्वपीडितहरु स्वरोजगारमूलक व्यवसायबाट मनग्ये आम्दानी लिन थालेका छन् । ती जिल्लाका शारदा चौधरी, दर्शना चौधरी र रामबहादुर रसाइली यसका उदाहरणीय पात्र मात्र हुन् । बर्दिया बाँसगढी नगरपालिका-६ सत्रहरियाकी शारदा चौधरी महिलाका लागि प्रेरणाकी स्रोत नै बन्नुभएको छ ।

उहाँ तरकारी खेतीको नमूना कृषक बन्नुभएको छ । कृषि र पशुपालन व्यवसायको उद्देश्य राखी सञ्चालित ‘नमूना कृषक समूह’ अहिले द्वन्द्वपीडित तथा एकल महिलाका लागि स्वरोजगारको ‘साथी’ बनेको छ ।

“सुरुका दिनमा मलाई बोल्न पनि आउँदैन थियो, तर सङ्घर्ष गर्दै जाँदा धेरै कुरा जानिँदोरहेछ”, उहाँले भन्नुभयो, “हरेस नखाई एउटै उद्देश्यमा निरन्तर क्रियाशील भए सफल उद्यमी हुन सकिन्छ ।” मधुवन नगरपालिका-२ ओरालीको दर्शना चौधरीले आफ्नै घरमा कुखुराको मासु व्यवसायमा संलग्न हुनुहुन्छ ।

सुर्खेतका रामबहादुर रसाइलीले अहिले किराना व्यवसाय तथा प्रावि तहको निजी विद्यालय सञ्चालन गरिरहनुभएको छ । “राजनीति मात्र सम्पूर्ण जीवन निर्वाहको आधार हुन सक्दैन भन्ने कुरा मनन गरी आर्थिक व्यवसायमा संलग्न भएको हुँ”, उहाँले भन्नुभयो । कतिपय द्वन्द्वपीडित उपयुक्त स्थानमा अहिले आफ्नो व्यावसायिक काममा संलग्न भइसकेका छन् । कतिपयको अवस्था अझै धेरै बिजोग छ ।

राज्यले ती लडाकुको अवस्थाप्रति कुनै चासो नदिएको गुनासो पूर्व लडाकु बाँसगढी नगरपालिका– ६ सत्रहरियाका कामना चौधरीले गुनासो गर्नुभयो ।नेकपा (माओवादी केन्द्र)ले बेरोजगार पूर्व लडाकुलाई व्यवस्थापन अझै नगरेको गुनासो गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?