खेलाडी ट्रान्सफर : सिटीका रहिम चेल्सीमा

हिमालय टाइम्स
Read Time = 4 mins

लन्डन । म्यानचेस्टर सिटीका विंगर रहिम स्टर्लिङ इंग्लिस क्लब चेल्सीमा अनुबन्धित हुनुभएको छ । क्लबले २७ वर्षीय रहिमलाई ५० मिलियन पाउन्डमा पाँच वर्षका लागि भित्र्याएको हो । सन् २०१५ देखि सिटीमा आबद्ध स्टर्लिङले ३३९ खेलमा १३१ गोल गर्नुभएको थियो । उहाँले चारपटक प्रिमियर लिगको उपाधि जित्नुभएको छ । स्टर्लिङले हालसम्म राष्ट्रिय टोलीबाट ७७ खेल खेल्नुभएको छ ।

चेल्सी पुगेपछि स्टर्लिङले आफू अझै धेरै सफलता हासिल गर्न उत्साहित रहेको बताउनुभएको छ । उहाँले चेल्सीबाट प्रिमियर लिग तथा च्याम्पियन्स लिग जित्न चाहेको बताउनुभएको थियो । उहाँले लन्डन आफ्नो घर रहेकाले थप मिहिनेत गर्ने प्रतिबद्धता जनाउनुभयो ।

रोनाल्डोलाई साउदीबाट प्रस्ताव
पोर्चुगिज तथा म्यानचेस्टर युनाइटेडका स्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको एक क्लबले तीन सय मिलियन युरोको प्रस्ताव गरेको छ । सिएनएनले उक्त क्लबको नाम नखुलाए पनि ३० मिलियन ट्रान्सफर रकम स्वरूप म्यानचेस्टर युनाइटेडलाई, २५० मिलियन रोनाल्डोलाई दुई वर्षको तलब स्वरूप र २० मिलियन रोनाल्डोको एजेन्ट समूहलाई दिने प्रस्ताव क्लबले गरेको उल्लेख गरेको छ ।
म्यानचेस्टर युनाइटेड प्रि–सिजन सुरु भइसक्दा पनि क्लबसँग समझदारीका कारण रोनाल्डो प्रशिक्षणमा सामेल भइसक्नुभएको छैन । सोही कारण रोनाल्डोले युनाइटेड छोड्ने चर्चा चुलिएको छ ।

पिएसजीले मेस्सीको सम्झौता लम्ब्याउने
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लियोनल मेस्सीसँगको सम्झौता थप एक वर्ष लम्ब्याउने जनाएको छ । पिएसजी र मेस्सीबीचको सम्झौता एक वर्ष बाँकी रहँदा नै क्लबले अर्को एक वर्षका लागि सम्झौता बढाउन चाहेको हो ।

बार्सिलोनाबाट पिएसजी आएपछि मेस्सीले आशातित प्रदर्शन गर्न भने सक्नुभएको छैन । उहाँले कतार विश्वकप २०२२ लाई मध्यनजर राख्दै पिएसजीको प्रस्तावउपर जवाफ दिने बताइएको छ ।

रियलद्वारा रोड्रिगोको सम्झौता नवीकरण
रोड्रिगो गोएसले रियल म्याड्रिडसँगको सम्झौता नवीकरण गर्नुभएको छ । रियलले सन् २०२८ सम्मका लागि उहाँको सम्झौता नवीकरण गरेको हो । उहाँको रिलिज क्लज एक विलियन युरो तोकिएको छ । गत अप्रिलयतामात्रै उहाँले सात गोल गर्नुका साथै १३ गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएको छ ।

ब्राजिलियन फरवार्ड रोड्रिगोले चार सिजन रियलमा बिताइसक्नुभएको छ । सोक्रममा उहाँले ५ उपाधि जित्नुभएको छ । जसमा एक च्याम्पियन्स लिग, दुई ला लिगा र दुई स्पेनिस सुपर कप रहेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?