गभर्नर अधिकारीविरुद्ध माईतीघरमा नेविसंघको धर्ना

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै नेपाल विद्यार्थी संघले माइतीघर मण्डला अगाडि प्रदर्शन गरेको छ। शुक्रबार बिहान नेविसंघले माइतीघरमा गभर्नरविरुद्ध प्रदर्शन गरेको हो ।

गभर्नर अधिकारी प्रमुख प्रतिपक्ष दल एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको चर्चा सुरु भएपछि उहाँको सर्वत्र आलोचनासमेत भइरहेको छ। यहीबीच आन्दोलन गर्दै नेविसंघले उहाँको राजीनामा माग गरेको हो ।

नेविसंघका नेता मदन उपाध्यायले राष्ट्र बैंकका गभर्नर जस्तो व्यक्ति कुनै पार्टीको कार्यकर्ता हुनु राष्ट्रकै लज्जाको विषय भएको बताउनुभयो। ‘राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको कार्यकर्ता हुन पाउँदैनन् । नेपालको अर्थतन्त्रलाई रेगुलेसन गर्ने संस्थाको प्रमुख पार्टीको झोले भएर हिँड्नु निन्दाजनक हुन्छ,’ उहाँले भन्नुभयो ।

उहाँले गभर्नर अधिकारीको राजीनामा नआए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिनुभएको छ । आन्दोलनमा नेविसंघ एनसीसी कलेजका नेता अन्सुल केसी, त्रिविका नेता विष्णु बडैला, श्याम पाण्डे, राज ठकुराठी, टिकेष भट्ट, सदीक्षा आचार्यलगायत नेताहरू छन् । उनीहरूले एक घन्टा धर्ना दिने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?