हेटौंडाका लामाको पहिलो निर्णय: १५४१ विपन्न परिवारलाई बिमा

Read Time = 1 min

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामा र उपमेयर राजेश बानियाँले पदभार ग्रहण गर्नुभएको छ । सोमबार बिहान मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीराम श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि पदभार ग्रहण गरिएको हो ।

पदभार ग्रहणपछि मेयर लामाले हेटौंडाका १ हजार ५४१ अति विपन्न घर परिवारलाई निस्शुल्क स्वास्थ्य बिमा गरिदिने निर्णय गर्नुभएको छ। त्यसैगरी मासिक १५ हजार लिटर पानी, २५ युनिट बिजुली निशुल्क उपलब्ध गराउने निर्णय गरेको गरिएको छ ।

आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट बञ्चित भएका विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, सडक विस्तार गर्ने क्रममा सडकमै रहेका विद्युत्‌का पोलहरू सार्ने निर्णय पनि गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?