काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड डलर आर्थिक सहायता प्रदान गर्ने भएको छ । नेपालको विकास प्रक्रिया दिगो र वातावरणमैत्री बनाउन उक्त सहयोग प्रदान गर्ने भएको हो ।
विश्व बैंकको कार्यकारी निर्देशकको बोर्ड बैठक डेभलपमेन्ट पोलिसी क्रेडिटमार्फत् नेपालको जलवायुमैत्री समावेशी र हरित विकास प्रयोजनका लागि सहयोग उपलब्ध गराउने निर्णय गरेको विश्व बैंक केन्द्रीय कार्यालयले जनाएको छ ।
कोरोनापछिको अवस्थामा विश्व बैंकले नेपालमा वातावरणमैत्री र समावेशी विकासलाई जल, जमिन, कृषि, वन, शहरीकरण, फोहोर व्यवस्थापन तथा प्रदूषणजस्ता क्षेत्रमा नीतिगत कार्यक्रम तय गर्न सो रकम उपलब्ध गराइएको विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले बताउनुभएको छ । सहयोग रकमले ग्रामीण पूर्वाधार, मानवीय क्षमता र जीवनस्तर सुधारमा योगदान गर्ने विश्व बैंकको अपेक्षा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच