उपेन्द्रपक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेको बाबुरामको आरोप

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले आफूहरुको सामू पार्टी पुनर्गठनको विकल्प नरहेको बताउनु भएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै डा भट्टराईले पार्टी नेताहरुलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्नुभएको छ ।

उहाँले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढंगबाट अवैधानिक अराजकनीतिक र अनतिक रुपमा आफू लगायत केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई पदमुक्त गरेको घोषणाको घोर भर्त्सना गर्दै कारबाहीको निर्णयको खारेजीको माग गर्नुभएको छ ।

आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टी रुपमान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको उहाँले दाबी गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?