सिर्जना र नेगी सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङ र प्रशिक्षक कविराज नेगी लामा आइतबार नगदसहित सम्मानित हुनुभएको छ । नेपाल तेक्वान्दो संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई स्वागत तथा शुभकामना कार्यक्रमका अवसरमा पारा खेलाडी सिर्जना र प्रशिक्षक कविराजलाई नगदसहित सम्मानित गरेको हो ।

संघले खेलाडी सिर्जनालाई एक लाख रुपैयाँ र प्रशिक्षक कविराजलाई २५ हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मानित गरेको हो । उहाँहरूलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले चेक तथा सम्मान-पत्र प्रदान गर्नुभयो ।

सिर्जनाले गत मंसिरमा साउदी अरेबियाको रियादमा भएको रियाद २०२२ वल्र्ड पारा तेक्वान्दो ग्राण्ड प्रिस फाइनल जी १० मा विश्व वरीयतामा रहेका मेक्सिको, ब्राजिल र फाइनलमा टर्कीका खेलाडीलाई पराजित गर्दै नेपालका लागि ऐतिहासिक स्वर्ण पदक दिलाउनुभएको थियो ।

उहाँको प्रशिक्षकमा कविराज हुनुहुन्थ्यो । यस्तै, घिसिङले एसियाली युथ पारा खेलकुद २०२१ बहराइन र २०२२ इरानमा सम्पन्न चौथो डब्लुटी प्रेसिडेन्ट्स कप एसियन रिजनमा रजत पदक जितिसक्नुभएको छ ।

प्रशिक्षक नेगीले सन् २०१५ देखि नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिम सम्हाल्दै आउनुभएको छ । उहाँ अन्तर्राष्ट्रिय अफिसियल प्रतियोगिताबाट नेपालका लागि कुल आठवटा पदक हासिल गर्न सफल प्रशिक्षक हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?