-श्याम कार्की
रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा रहेका थुनुवाहरूको हप्तामा एकपटक निशुल्क स्वास्थ्य परिक्षण हुने भएको छ । सो कार्यालय र चन्द्रपुर अस्पताल प्रालि बीचमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रहरी हिरासतमा रहेका थुनुवाहरूको प्रत्येक शनिबार निशुल्क स्वास्थ्य परिक्षण गर्ने सम्झौता भएको छ ।
सो सम्झौतामा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तुप्रसाद जैसवार र चन्द्रपुर अस्पताल प्रालिका संचालक डाक्टर सुवास चौधरीले हस्ताक्षर गरेका गर्नुभएको थियो ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको अन्र्तगत विभिन्न फौजदारी मुद्दाहरुको अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा रहने थुनुवाहरुको शारीरिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै चन्द्रपुर अस्पतालसँग सम्झौता गरेर योजना अगाडि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तु प्रसाद जैसवारले बताउनुभयो । ‘थुनुवा बन्दीहरुको पनि स्वास्थ्य उपचारको हक हुुन्छ ।’ उहाले भन्नुभयो , ‘हिरासतमै रहेकाले उनीहरु स्वास्थ्य परिक्षणको सुविधा र हकबाट बञ्चित हुनुनपरोस् भन्ने उद्धेश्यले यो कार्यक्रम ल्याएका हौँ । यसले थुनुवाहरुमा देखिएका स्वास्थ्य समस्याको समाधानको लागि पनि मद्धत गर्नेछ ।’
शनिबार हिरासतमा रहेका ११ जना थुनुवाहरूको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमै गएर स्वास्थ्य परिक्षण गरिएको थियो । चन्द्रपुर अस्पताल प्रालिको दुईजना दक्ष चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले थुनुवाहरुको रक्तचाप, सुगर , प्रेसर चेक गर्नुको साथै अन्य रोगहरूको पनि परिक्षण गर्नुभएको थियो । थुनुवाहरुमा रक्तचाप, टाउको दुखाई, छालाको रोग, कानको रोग, सुगर, डिप्रेसन लगायतको समस्या देखापरेको चन्द्रपुर अस्पताल प्रालिका डा. कुन्दन चौधरीले जनाउनुभयो ।
प्रहरीले कसैलाई पक्राउ गरिसकेपछि उनीहरूलाई स्वास्थ्य परिक्षण गरेर हिरासत राख्ने गरेपनि अन्य बेला भने थुनुवाको स्वास्थ्यमा स्वास्थ्य समस्या देखिए मात्र परिक्षण गर्ने गरेको पाइन्छ । तर यो सम्झौता पश्चात भने इलाका प्रहरी कार्यालयका थुनुवाहरूको साप्ताहिक रुपमा निशुल्क स्वास्थ्य परिक्षण हुने भएपछि थुनुवाहरू पनि खुसी भएका छन् ।
उनीहरूले थुनुवा भएकै कारण स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने वाध्यताबाट अन्त्य भएकोमा खुसी व्यक्त गर्दै प्रहरी र अस्पतालाई धन्यवाद दिएका थिए । प्रहरी हिरासतमा रहने थुनुवाको संख्यामा हेरफेर भइरहन्छ । तर जतिसुकै संख्या भएपनि अस्पतालले यो सेवालाई प्रत्येक साता सञ्चालन गरिरहने चन्द्रपुर अस्पताल प्रालिका सञ्चालक डा. सुवास चौधरी प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अस्पतालले सामुदायिक उत्तरदायित्व अन्र्तगत यस्ता सामाजिक सेवाहरु धेरै पटक गरिसकेको जनाउँदै थुनुवाहरूलाई पनि स्वास्थ्य सेवा दिन पाउँदा खुसी लागेको अनुभूति व्यक्त गर्नुभयो ।
हिरासतमा रहेका थुनुवाहरूले आफुसँगै विभिन्न सरुवा रोगहरू पनि बोकेर आउन सक्ने जोखिम भएकाले समयमै परिक्षण गर्नाले त्यस्ता रोगहरू अरुमा सर्ने जोखिमलाई न्यूणीकरण गर्न सकिने चिकित्सकहरू बताउछन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा हाल जवरजस्ति करणीको मुद्धामा एक जना, बाल यौन दुरुपयोगको मुद्धामा दुई जना, ठगी मुद्धामा दुई जना, सार्वजनिक शान्ति विरुद्ध मुद्धामा पाँच जना, चोरी मुद्धामा एक जना तथा लागु औषधमा मद्धामा तीन जना रहेका सो कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच