दश महिनामा दुई खर्ब २३ अर्बभन्दा बढीको बैदेशिक सहायता प्रतिवद्धता प्राप्त

Read Time = 2 mins

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले २ खर्ब २३ अर्ब ७८ करोड रुपैयाँ बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।
२०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा उक्त प्रतिबद्धता प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्राप्त बैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ८९ अर्ब १७ करोड रुपैयाँ र ऋण सहायता १ खर्ब ३४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

बैदेशिक सहायता प्रतिबद्धतामा अनुदान र ऋणको अंश क्रमसः ३९.८ प्रतिशत र ६०.२ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको पहिलो १० महिनामा बैदेशिक सहायता प्रतिबद्धतामा १०.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले २ खर्ब २ अर्ब २८ करोड रुपैयाँको बैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो ।

कुल बैदेशिक सहायता प्रतिबद्धतामध्ये युएसएआइडी, आइएमएफ, विश्व बैंक र एशियाली विकास बैंकको त्रमसः ३५.६ प्रतिशत, २०.९ प्रतिशत, १७.४ प्रतिशत र १२.३ प्रतिशत रहेको छ ।

बैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी बजेटरी सहायतामा ६९.२ प्रतिशत र सबैभन्दा कम खानेपानी तथा सरसफाई क्षेत्रमा १.४ प्रतिशत प्राप्त भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?