साफ खेलकाे लागि यू-२० टिम घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । साफ यू २० पुरुष च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले भारतमा आयोजना हुने साफका लागि २३ सदस्यीय टिम घोषणा गर्नुभएको हो ।

जुन टिममा नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका आयुष घलानसमेत छन् । यस्तै, डेनमार्कबाट नेपाल खेल्न आइपुगेका सुगम सुवालले समेत स्थान बनाएका छन् । मुख्य प्रशिक्षक केसीले केही दिनमै कप्तानको समेत घोषणा हुने जानकारी गराउनुभयो । ‘अहिले हामीले कप्तान घोषणा गरेका छैनौं । केही दिनपछि तय गर्नेछौं,’ केसीले भन्नुभयो ।

साफमा नेपालसहित आयोजक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ । नेपालले पहिलो खेलमा माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष दुई टिमले सिधै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोली
-गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

-डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा

-मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

-फरवार्डः दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?