नेपाली राष्ट्रिय क्रिकेट टोलि स्वदेश फर्किंदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलि आज स्वदेश फर्किंदैछ । स्कटटल्याण्डमा आयोजना भएको आईसीसी पुरुष विश्वकप लिग टूअन्तर्गतका खेलहरु खेलिसकेर स्वदेश फर्किन लागेको हो ।

स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिष्पर्धा गरेको थियो । ४ वटा खेलमा नेपालले १ मा मात्रै जित हात पार्न सक्यो ।

नेपालले पहिलो खेल नामिबियासँग हारेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा नमिबियासँगै हार व्यहोरेको थियो भने चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग लज्जास्पद हार व्यहोरेको थियो ।

७ टिम सहभागी विश्वकप लिग टुको समूहचरणमा नेपाल २० खेलमा १७ अंकसहित समूहको छैटौं स्थानमा छ । नेपालले ८ मा जित, ११ मा हार र १ खेलमा बराबरी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?