गौशाला-२६ को भन्दै तस्वीर सार्वजनिक गर्ने एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बलात्कारको मुद्दा अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने युवती गौशाला–२६ को तस्वीर सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राई हुन् । उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो।

ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरो स्रोतले जनाएको छ।
कानूनतः यौनजन्य मुद्दामा जाहेरी दिने महिलाको तस्वीर र पहिचान खुलाउन नपाइने कानूनी व्यवस्था छ । केही दिनदेखि गौशाला- २६ को भन्दै केही तस्वीर भाइरल भइरहेका छन् ।

यसअघि गौशाला २६ ले आफ्नो तस्बिर सार्वजनिक गर्नेलाई कानूनी कारबाहीको माग गर्दै जाहेरी दिएकी थिइन् ।

पीडित गौशाला २६ को भन्दै तस्वीर राख्ने अन्यको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंले १३ पुसमा क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?