भदौमा फर्निचर एक्स्पो

Read Time = 2 mins

काठमाडौं । आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोरोनाका कारण पछिल्ला दुई वर्ष आयोजना हुन नसकेको एक्स्पो आगामी भदौ २३ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको हो ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा हुने एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पु¥याउने आयोजकको विश्वास छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्रायः अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको छ ।

यस्तो अवस्थामा एक्स्पोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्नेछ । एक्स्पोमा एक सय २० भन्दा बढी स्टल रहने बताइएको छ । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत एक्स्पोका मुख्य आकर्षण रहने आयोजकको भनाइ छ ।

आयोजकका अनुसार एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गरेको छ भने भारत, बंगलादेश, पाकिस्तानलगायत मुलुकको सहभागिता रहनेछ । एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले एक्स्पोका लागि बुकिङ खुला गरेको छ । साउन २३ गतेसम्ममा स्टल बुकिङ गर्नेलाई कुल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?