महिलालाई कुन अवधिमा यौन चाहना बढी हुन्छ ? जान्नुहोस्

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । महिलालाई पुरुष मिलनको रहर कुन बेला बढी हुन्छ ? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्मकाे अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ ।

जर्मनीको युनिभर्सिटी अफ बेम्वर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षण पछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौन सम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो ।

यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचौदेखि सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मेन सक्रिय हुन्छ ।

अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तंरगभाव समेत निकै अध्ययन गरे । त्यस अनुसार महिनावारी पछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ ।

यस्तो किन हुन्छ, पाँचौं देखि सातौं दिनसम्म गर्भाधारणको सम्भावना वढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारी पछिका तीन दिन पूर्ण यौनान्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने यौनान्द अन्य दिनको दाँजोमा निकै सुखद हुन्छ ।

अध्ययनमा के पनि पाइयो भने, महिनैपच्छिे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने रहेछ, दुवै पार्टनर बीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने रहेछ ।

महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मेन सक्रिय हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?