सेपाकताक्रो टोली थाइल्यान्ड प्रस्थान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । थाइल्यान्डको बैंककमा हुने ३५औँ किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । सहभागिता जनाउने नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्यान्ड प्रस्थान गरेको नेपाली टोलीमा १० खेलाडीसहित १७ सदस्य रहेका छन् ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो । पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, विजय महतो, विपिन थनेत र राजीव कालाखेती रहनुभएको छ । बाँकी एक पुरुष खेलाडी क्षितिजकुमार धामीले प्रशिक्षकको पनि भूमिका निर्वाह गर्नुहुनेछ । महिलामा सुमित्रा डंगोल, उषा महर्जन, सोममाया थापा मगर, चन्द्रा चौधरी र इनु चौधरी रहनुभएको छ ।

टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा लोकमणि आत्रेय, अर्को प्रशिक्षकमा सीता सुवेदी, निर्णायकमा मेघराज तोलङ्की, अफिसियलमा ध्रुवबहादुर गुरुङ र आइटिओ/अफिसियलमा नेसिर मास्के रहनुभएको छ । प्रतियोगिता साउन ८ देखि १५ गते (जुलाई २४-३१) सम्म हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?