रुसी बिदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरवाट पैसा र हतियार मागिरहेका छन्’

हिमालय टाइम्स
Read Time = 2 mins

न्युयोर्क । रुस र युक्रेन विरुद्ध संघर्ष जारी छ। दुवै देश एकअर्काविरुद्ध आक्रामक रहेका छन् । यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका रुसी विदेशमन्त्रीले सो युद्धका बारेमा टिप्पणी गरेका छन् । सो क्रममा उनले युक्रेन र अमेरिकामाथि खुलेर आक्रमण गरेका छन ।

उनी भन्छन्, ‘जेलेन्स्की शान्ति प्रक्रियामा मुलुकलाई लैजान भन्दा पनि उनी संसारभर पैसा र हतियार मात्र मागिरहेका छन ।’ शनिबार संयुक्त राष्ट्र संघको महासभा पछि पत्रकार सम्मेलनमा बोल्दै रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले शान्तिका लागि गरेको आह्वान यथार्थपरक नभएको बताए । ‘जेलेन्स्कीले रुससँगको वार्ता अवरुद्ध गर्न खोजेका छन तर रूस भने युक्रेनी सरकारसँग वार्ता गर्न तयार छ । यति हुदाँहुदैँ पनि जेलेन्स्कीले संसारभरि पैसा र हतियारको लागि मात्र सोधिरहेको छ।’

लाभरोभले युक्रेनलाई समर्थन गर्ने सरकारहरू अहिले विश्वलाई नै लोकतन्त्र र निरंकुशतामा विभाजन गर्ने प्रयासमा संलग्न रहेको बताए। अमेरिका र त्यसका मातहतका पश्चिमी समूहहरूले निरन्तर द्वन्द्वलाई बढावा दिइरहेको उनको थप आरोप छ । यसले मानवतालाई विभाजित गर्ने रूसको भनाइ छ ।

उनले आर्मेनिया र अजरबैजानबीच विश्वास पुनर्स्थापित गर्ने समय आएको बताए। रूसी सेना यसका लागि तयार छ र मद्दत गर्नेछ भन्न पनि छुटाएनन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?