काठमाडौं । द्वन्द्वोत्तर अवस्थामा संक्रमणकालीन न्याय, कानुनी शासन र मानवअधिकारको प्रवधनका लागि हस्तक्षेपकारी भूमिका खेल्दै आएको जवाफदेहिता निगरानी समितिको बैठकले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । निगरानी समितिको संयोजकमा संवैधानिक तथा मानवअधिकार कानुनको क्षेत्रमा क्रियाशील अधिवक्ता राजुप्रसाद चापागाईंलाई चयन गरेको छ । त्यसैगरी बैठकले सहसंयोजनको जिम्मेवारी क्रमशः मानव अधिकारकर्मी तथा सञ्चारकर्मी राजन कुइँकेल र अधिवक्ता रुकमणी महर्जनलाई दिएको छ ।
चापागाईं संवैधानिक कानुन व्यवसायी मञ्चको पूर्वअध्यक्ष र जुरी-नेपालका संस्थापक अध्यक्ष हुनुहुन्छ । कुइँकेल एम्नेष्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष हुनुहुन्थ्यो भने महर्जन त्रिभुवन विश्वविधालयमा कानुन संकायमा उपप्रध्यापक हुनुहुन्छ । निगरानी समितिको वैठक निवर्तमान अध्यक्ष वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईंको अध्यक्षतामा भएको थियो ।
वैठकले देशमा पेचिलो बन्दै गएको दण्डहीनता, कुशासन र जवाफदेहीविहीनताको अवस्थालाई मध्यनजर राख्दै निगरानी समितिको हस्तक्षेपकारी भूमिकालाई आगामी दिनमा अझै प्रभावकारी बनाएर लानुपर्ने ठहर गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच