भोजपुरमा डेंगु संक्रमितको संख्या ६४ पुग्यो, पन्ध्र बर्ष माथिका बढी संक्रमित

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरमा दैनिक डेंगु संक्रमितको संख्यामा बृद्धि भई रहदाँ पनि जोखिम न्युनीकरणका लागि प्रभावकारी कार्यक्रम संचालन हुन सकिरहेको छैन ।

जनस्वास्थ्य समस्याकोरुपमा देखिएको डेंगु संक्रमणबाट भोजपुरमा हालसम्म६४ जनामा संक्रमण देखिएको छ । संक्रमितहरुमा १५ देखि ४९ बर्षसम्मका ५० जना रहेको जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको तथ्यांकले देखाएको छ । यस्तै उमेरगतरुपमा १५ बर्षसम्मका ५ जना र ५० बर्ष भन्दा माथि ९ जनामा डेंगो संक्रमण देखिएको छ ।

अहिलेसम्मको अवस्थामा भोजपुरमा ४७ जना पुरुष र १७ जना महिलामा डेंगु संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा परीक्षण गराउने ३४ जना, पौवादुङमा गाउँपालिका ८, टेम्केमैयुङ गाउँपालिका ५, रामप्रसाद राई गाउँपालिका ४, हतुवागढी गाउँपालिका ४, अरुण गाउँपालिका २, षडानन्द नगरपालिका-५ र साल्पासिलिछो गाउँपालिकामा २ जना डेंगु संक्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

भोजपुर जिल्लामा २ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकाहरुलाई बिषादी बितरण गरिएको छ भने पालिकाहरुलाई परीक्षणका लागि किटहरु समेत बितरण गरिएकोे छ ।

दैनिकरुपमा संक्रमणको दर बढी रहँदा उपचार र सचेतनामा पहुँच भने बढाउनु पर्ने जिल्लावासीको माग रहेको छ । डेंगु नियन्त्रणका लागि अझै प्रभावकारी कार्यक्रमहरु जिल्लामा संचालन हुन सकेको छैन । “संक्रमितको संख्या बढी रहेको छ, परीक्षणको दायरा बढाउने हो भने अझै धेरै संक्रमित भेटिन सक्छन ।” स्थानीय अशोक खतिवडाले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?