दुर्घटनामा मालपोत कार्यालय प्रमुखको मृत्यु

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि आइतबार साँझ भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ । सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालय प्रमुख तिलक रावतकाे मृत्यु भएकाे हाे ।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नंम्बरको कारले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल अगाडि रावत सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । कारकाे ठक्करबाट रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवा लुम्बिनी सडक खण्डको बेथरीबाट भैरहवातर्फ आउँदै गरेको रावत चढेको मोटरसाइकल र भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको कार विमानस्थल गेट अगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?