Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

लमजुङमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

लमजुङ । पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बेँसीसहर नगरपालिका-१ उदिपुर क्षेत्रमा हिँडिरहेका भारतको मोतीहारी जिल्लाका २२ वर्षीय दीप कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताउनुभयो ।

शंकास्पद गतिविधिमा बुधबार हिँडिरहेका बेलामा प्रहरीले पक्राउ गरे पनि बिहिवार साँझ ती युवालाई सार्वजनिक गरिएको हो । उनको साथबाट पेस्तोलसहित एक थान गोली, मोबाइल, सिमकार्ड र निजको आधार कार्डसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

बिहिवार जिल्ला अदालत लमजुङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?