नागरिकता विधेयकका विषयमा सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमसँग गगन थापाको आग्रह

Read Time = 2 mins

हेटौंडा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभएको छ ।
शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै जनताले आफ्नो मूल्यांकन गर्ने भएकोले सही सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो ।

उहाँले संसदमा विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय हुनेभन्दै यसलाई छलफलमा भएका कुरालाई सहइ ढंगले प्रश्तुत गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

महामन्त्री थापाले जनतालाई सत्यतथ्य कुरा सही ढंगले सम्प्रेषित गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नागरिकहरुले थाहा पाउने गरेर तथ्य र प्रमाणका आधारमा सूचना सम्प्रेषण गर्नुपर्छ । सञ्चारमाध्यमले दिएको तथ्यको आधारमा नै नागरिकहरुले मत बनाउने हो । हामी संसदमा नागरिकता विधेयकमाथि छलफल गर्दैछौँ । आजकै नागरिकता विधेयकपछि सञ्चारमाध्यममा आउने विषयको आधारमा भोलि नागरिकहरुले मत बनाउने हो । हामीले छलफल गर्ने आजका थुप्रै विषयहरुमध्येको एउटा विषय विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय बन्छ । छलफलमा भएका विषयलाई सही ढंगले सम्प्रेषित गर्न सकेनौँ भने धेरै मानिसले बनाउने मत हुँदै नभएको व्यवस्था लागू गरेको छ भन्ने हुन्छ ।’

महामन्त्री थापाले सही ढंगले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?